वाणिज्य बैंकहरु भन्छन् ‘बिग मर्जरमा जान तयार छौं’


बिग मर्जरमा जानका लागि वाणिज्य बैंकहरु सकरात्मक बनेका छन् । पछिल्ला दिनमा विभिन्न बैंकहरुको मर्जरको विषय हट केक बनिरहेका बेला बैंकरहरुले बिग मर्जरमा जान सकिने भनाईहरु सार्वजनिक गरेका हुन् ।

फरक संस्कारका संस्था मर्जर हुँदा बैंकलाई तिब्र गतिमा व्यवसाय बिस्तार गर्न धेरै कसरत गर्नु पर्ने अवस्था आउने बताएका उनीहरुले सरकारले कर छुट दिनु पर्ने माग समेत गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मर्जर जाने बैंहरुलाई सरकारले करमा छुट दिनु पर्ने बताएका हुन् ।

व्यवस्थापन संघको पूर्व बजेट छलफल कार्यक्रममा सहभागि भएका बैंकर्स संघका अध्यक्ष ढुंगानाले ठुला बैंकहरुलाई मर्जरमा जान कुनै समस्या नरहेको बताएका हुन् । तर राज्यले मर्जरमा जाने बैंकहरुको आयकरमा लचकता अपनाउनु पर्ने उनको भनाई थियो ।