एक अर्ब निक्षेप हराएपनि १९ अर्ब कर्जा


कर्जा प्रबाहमा निन्त्रण गरेका बैंकहरुले बैंशाखको पहिलो सातापनि कर्जा प्रबाह वढाएका छ । बैंशाखको पहिलो साता बैंकहरुले १९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन ।

बैंकहरुले यो भन्दा अघिल्लो साता अर्थात.चैतको अन्तिम सातामा ४ अर्ब निक्षेप घटेको अवस्थामा पनि ७ अर्व कर्जा प्रबाह गरेका थिए । .बैंशाखको पहिलो साता बैंकिङ प्रणालीवाट एक अर्ब रुपैयाँ निक्षेप झिकिएको भएपनि कर्जा प्रबाह भने ह्वत्तै वढेको हो ।

अधिकासं बाणिज्य बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात ८० को हाराहारीमा भएपनि कर्जा प्रबाह वढेको हो । बैंकहरुको कसीलो सिसिडि रेसियोमा पनि कर्जा वढेको छ । बैंकहरुले पूरानो सम्झौता गरेका कर्जा बाहेक नयाँ कर्जा प्रबाहमा रोक लगाएको अवस्था छ ।
चालु आर्थिक वर्षको सरुवातीमा बैंकहरुले आक्राम रुपमा कर्जा प्रबाह गरेका थिए । त्यसको असर दोस्रो त्रैमासपछि देखियो ।

निक्षेपको अभाव भएपछि बैंकहरुले नयाँ निक्षेप नभएसम्म कर्जा प्रबाह गर्न नसक्ने अवस्था रह्यो । गत आर्थिक वर्षको अन्तिम महिनामा अर्थात असारमा मात्र १०१ अर्ब निक्षेप थपिएको थियो । तर, सो अवधिमा बैंकहरुले ४८ अर्ब मात्र कर्जा प्रबाह गरेका थिए । सरकारी खर्च भएको कारण सो अवधिमा बैंकमा निक्षेप वढेको थियो । गत असारमा सरकारी खर्चले मात्र नभै बैंकहरुले क्रत्रिम निक्षेप पनि सृजना गरेको हूनाले निक्षेप वढेको हो .
  चालु आर्थिक वर्षमा सरकारी खर्च अपेक्ष अनुसार नभएपनि दोस्रो त्रैमासदेखि बैंकहरुलाइ निक्षेपको अभाव वढ्न थाल्यो । बैंकहरुको अनुरोध अनरुप सरकारले खर्च नगरेपनि स्थानीय सरकारलाई विनियोजन गरेको रकम बैंक खातामा पठाउने निर्णय भएपछि त्यसले केही सहज भने भयो । तर, त्यो दिर्घककालीन समाधान भने भएन । अहिलेको सरकारी धुकुटीमा १३० अर्ब जम्मा भएर बसेको छ ।.

सरकारी धुकुटीमा पैसा थन्कीएर बसेको हुनाले अहिले बैंकहरुसंग कर्जा लगानी गर्न योग्य रकमको नभएको बैंकर बताउछन् । यो भन्दा अघिल्लो सातामा बैंकहरुसंग ३० अर्ब रुपैयाँ लगानी योग्य रकम थियो । सो मध्ये बैंकहरुले यो सातामा १९ अर्व लगानी गरीसकेको अवस्था छ ।
उच्च दरमा वढेको ब्याजदर नियन्त्रणका लागि बैंकहरुले भद्र सहमती गरेर निश्चित सिमा तोकेका छन । तर, बैंकहरुले निक्षेप तान्नका लागि अन्य माध्यवाट निक्षेपकर्तालाइ प्रतिफल दिने गरी निक्षेप योजनाहरु सञ्चालन गर्न थालेका छन । चालु आर्थिक वर्षको बैंशाख ६ गतेसम्ममा बैंकहरुले कुल २७०२ अर्ब निक्षेप संकलन गरी २४३९ अर्व रुपैयाँ बजार प्रबाह गरेका छन ।