कमोडिटी एक्सचेञ्जका पुराना आवेदन रद्ध, २ वटालाई अनुमति दिइने


नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन गर्नका लागि २ वटा एक्सचेञ्जलाई मात्र अनुमति दिने भएको छ । बोर्डले तोकेको मापदण्डभित्र पर्ने अवस्थामा अहिले आवेदन दिएका एक्सचेञ्ज नरहे पछि नयाँ आवेदन माग्दै बोर्डले यस्तो निर्णय गरेको हो ।

कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि पूर्वस्वीकृति लिन बोर्डले नयाँ आवेदन समेत माग गरेको छ । यस अघि आवेदन माग गर्दा ५ वटाले आवेदन दिए पनि मापदण्ड कुनैको नपुगेको भन्दै सबै आवेदनलाई बोर्डले खारेज गरेको छ । हालका लागि दुईओटा कमोडिटी एक्सचेन्जलाई सञ्चालन अनुमति दिने निर्णय गरे लगत्तै सोही व्यवस्था बमोजिम बोर्डले नयाँ आवेदन मागेको हो ।

यस अघि बोर्डले आवेदन माग गर्दा कमोडिटी फ्युचर्स एक्सचेन्ज, नेपाल कमोडिटी, नेपाल मर्कन्टाइल, राइजल कमोडिटी र मल्टी डेरिभेटिभ एक्सचेन्जले दरखास्त दिएका थिए । बोर्डले पहिलेको सबै आवेदन इन्कार गर्दै नयाँ आवेदन माग गरेको हो ।