नेपाल लाइफले ४८ प्रतिशत लाभांस पारित गर्न बोलायो साधारण सभा


नेपाल लाइफ इन्स्योरेन्सले साधारण सभा तथा शेयरधनी दर्ता पुस्तिका दर्ता बन्द गर्ने मिति सार्वजनिक गरेको छ । नेपाल लाइफले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई ४८.५ प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेपाल लाइफले आगामी जेठ ४ गते शनिबारका दिन बीरगञ्जमा १९ औं साधारण सभा बोलाएको हो । इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि यही बैशाख १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । बैशाख १८ गतेसम्म कायम शेयरधनीले मात्र लाभांस पाउने तथा साधारण सभामा सहभागि हुन पाउने छन् ।

नेपाल लाइफले २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदन गराउने छ । साथै अधिकृत पूजी १० अर्ब रुपैंया कायम गर्ने प्रस्ताव पनि पारित गराउँदैछ ।