एनआईसी एशिया बैंकको ३ नयाँ शाखा


एनआई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र दुई र पर्साजिल्लाको जगरनाथपुुुरमा १ गरि ३ नयाँ शाखा कार्यालयहरुको शुक्रबार औपचारिक उद्घाटन गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखाकार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठ, चागँुनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुर स्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि के.सी तथा पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुुुर शाखाको जगरनाथपुुुर गाउँपालिका अध्यक्ष जालिम मियाँले उद्घाटन गरका हुन ।

बैंकले हाल २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । देशको सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंकले करिब १६ लाख ग्राहकलाइ बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको जनाएको छ । बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखाकार्यालय संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।