तेस्रो त्रैमासमा ६ वाणिज्य बैंकको यस्तो प्रतिष्पर्धा


शनिबारसम्ममा २८ मध्ये ६ वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विबरण सार्वजनिक गरेका छन् । आठ अर्ब रुपैंया चुक्ता पूँजी कायम गरेका बैंकहरुमा कमाईका आधारमा एभरेष्ट बैंकले अग्रता लिएको छ ।

शनिबारसम्ममा माछापुच्छ्रे, सिद्धार्थ, सिटिजन्स, एसबिआई, सानिमा र एभरेष्ट बैंकले चालु आर्थिक वर्षको वित्तीय विबरण सार्वजनिक गरेका हुन् । जसमा बितरणयोग्य नाफाका आधारमा एभरेष्ट बैंकले नै अग्रता लिएको छ ।

६ वाणिज्य बैंकको वित्तीय अवस्था

Commercial Bank Paid Up Capital Reserve Net Profit Distributable Profit Earning Per Share Networth Per Share NPL
Machhapuchhre 8,055,693,000 1,458,024,901 1,240,818,329 981,830,622 20.46 134 0.48
Siddhartha 8,887,604,540 4,025,501,009 1,592,927,079 895,397,378 24.71 163 1.36
Citizens 8,371,064,770 2,826,256,492 1,069,601,722 660,512,191 17.05 144 1.58
Nepal SBI 8,449,250,523 3,560,690,038 1,600,647,267 1,178,375,813 25.26 160 0.19
Sanima 8,001,255,440 2,098,728,331 1,575,322,962 1,111,023,263 26.52 140 0.12
Everest 8,106,863,000 6,122,256,000 2,216,036,000 1,350,399,000 36.81 205 0.18

प्रतिशेयर आम्दानीमा पनि एभरेष्ट बैंकको अग्रता रहेको छ नेटवर्थ पनि एभरेष्ट बैंकको नै धेरै देखिएको छ । निष्कृय कर्जा अनुपातका आधारमा भने सानिमा बैंकले अग्रता लिँदा एभरेष्ट दोस्रो तथा एसबिआई बैंक तेस्रो बनेका छन् ।