भार्गव विकास बैंकले दोब्बरले बढायो कमाई, मूल्य आम्दानी अनुपात १० गूणा


भार्गव विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड २२ लाख ५४ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा झण्डै दोब्बरले खुद नाफा बढाएको वित्तीय विबरण निकालेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ करोड ६७ लाख ३ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

निक्षेप तथा कर्जाको आकार बढाएको बैंकले कर्मचारी र अन्य खर्च बढ्दा पनि खुद नाफाको आकार बढाउन सकेको हो ।

बैंकको चुक्ता पूँजी ५० करोड १६ लाख तथा जगेडा कोषमा १३ करोड ५३ लाख रुपैंया छ ।

प्रतिशेयर आम्दानी १३ रुपैंया ८९ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १०.७६ गूणाले बढी छ । बैंकको निष्कृय कर्जा अनुपात ०.७६ प्रतिशत छ ।