वर्लपुलको शोरूम बौद्ध र मेट्रोपार्क लाजिम्पाटमा

0
Shares

वर्लपुलको शोरूम काठमाडौंको बौद्ध र मेट्रोपार्क लाजिम्पाटमा खुलेको छ । वर्लपुल होम नामबाट एकैदिन खोलिएको उक्त शाखाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेश लालश्रेष्ठ र वर्लपुलका क्षेत्रीय निर्देशक शिवम बाबुले गरेका थिए ।
अमेरिकाको चर्चित ब्राण्ड वर्लपुलको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा लोमश डिजिटल प्रालिले उक्त ब्राण्ड नेपाल भित्र्याएको हो ।


नेपालमा खोलिएको उक्त शोरूममा वर्लपुल ब्राण्डका सबै प्रकारका घरायशी सामानहरू उपलब्ध हुनेछन् । यसरी एकै शोरूममा एउटा ब्राण्डका सबै थरिका सामान पाउने नेपालको यो पहिलो शोरूम भएको छ ।
वर्लपुल होममा वर्लपुलका विद्युतीय घरायसी उत्पादनहरु वासिङ्ग मेशिन, फ्रिज, माइक्रोओभन, एयरकन्डिसन, पंखा लगायतका सामानहरू उपलब्ध छन् । उच्च र मध्यम वर्गियलाई लक्षित गरी खोलिएको उक्त शोरूमबाट अन्तर्रा्ष्ट्रियस्तरका गुणस्तरीय ब्राण्ड खरिद गर्न सकिने सञ्चालक प्रज्वलजंग पाण्डेले जानकारी दिए ।