नेपाल एयरलाइन्सले असारदेखि जापानमा सिधा उडान भर्ने


नेपाल एयरलाइन्सले जापानमा पुनः उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले प्रक्रिया पूरा भएसँगै आगामी असार १९ गतेदेखि उडान सुरु गर्न लागेको हो । १५ वर्ष पहिले उडान बन्द गरेको एयरलाइन्सले फेरी उडान सेवा सुरु गर्न लागेको हो ।

केही समय पहिले जापानको नागरिक उड्डयन ब्युरोले नेपाल एयरलाइन्सलाई उडान भर्नका लागि स्वीकृति दिएको थियो । सो पश्चात निगमले उडान तालिका सार्वजनिक गरेको हो । जापानको ओसाकामा पहिले उडान सुरु गर्ने एयरलाइन्सले साताको मङ्गलबार, बिहीबार र शनिबार ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाण्डौंदेखि सिधा उडान भर्नेछ ।

एयरलाइन्सले असारमा खरिद गरेको एयर बस कम्पनीको वाइडबडी जहाजमार्फत ओसाकामा उडान सुरु गर्ने जनाएको छ । यसका लागि एयरलाइन्सले ओसाकामा कर्पोरेट कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।