रिलायन्स फाइनान्सले खुद नाफामा गर्यो यस्तो बढोत्तरी


रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको चैतसम्ममा २ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको छ । ९७ लाख रुपैयाँले खुदनाफा बढाएको फाइनान्सले गत आर्थिक वर्षको सोहि अवधिमा १ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

 
चुक्ता पूँजी ७४ करोड ३२ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २६ करोड २८ लाख रुपैयाँ संचित छ । चैतसम्ममा ३ अर्ब ८१ लाख रुपेयाँ निक्षेप संकलन गरी ३ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

४० करोड ५१ लाख रुपैयाँ व्याज आम्दानी गरेको फाइनान्सले २६ करोड ९८ लाख रुपैयाँ व्याज वापत भुक्तानी गरेर १३ करोड ५२ लाख रुपैयाँ खुदव्याज आम्दानी गरेको छ ।

रिलायन्सको खराब कर्जा अनुपात उल्लेख्य बृद्धि भएको छ । गत वर्ष १.८५ प्रतिशत रहेको यो अनुपात यस अवधिमा ३.४३ प्रतिशत पुगेको हो । फाइनान्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात ३३.६९ गुणा बढी छ ।