नेपाल लाइफको साधारण सभा जेठ २ गते


 

नेपाल लाइफ इन्स्योरेन्सले आगामी जेठ २ गते १९ औ बार्षिक साधारणसभ ा गर्ने भएको छ । साधारणसभामा कम्पनीले सेयरधनीलाइ प्रतिफलका रुपमा ४८.५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव रहेको छ ।

विरगंजमा हुने साधारणसभामा कम्पनीले गत आर्थिक वर्षको नाफा बाट सेयरधनीलाई लाभांस २३.५ प्रतिशत नगद लाभांस र २५ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गर्ने प्रस्ताव राख्नेछ । यो प्रस्ताव साधारणसभाले पारित गरेपछि मात्र कार्यान्वयनमा हुनेछ ।

कम्पनीको साधारणसभामा सहभागी हुन चाहने लगानीकर्ताले बंैशाख १९ गतेसम्ममा सेयर आफ्नो नाममा ल्याइसकेको हुनु पर्छ । कम्पनीले बैशाख १९ देअि साधारणसभा हुने मितिसम्मका लागि सेयर दाखिल खारेज बन्द रहने जनाएको छ ।