प्राइम लाइफले देखायो व्यवसायमा सामान्य सुधार, खुद नाफा १६ करोड


प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८७ करोड रुपैंयाको बीमा योजना बिक्री गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा प्राइमले १ अर्ब ४५ करोड रुपैंयाको व्यवसाय गरेको थियो । व्यवसायमा आएको समग्र बढोत्तरीले प्राइमको कमाईको आकार पनि बढेको छ ।

बिमांकीय मूल्यांकन नहुँदा प्राइमले चैत मसान्तसम्ममा १६ करोड ३६ लाख ८१ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा प्राइमको खुद नाफा १४ करोड ३१ लाख ५८ हजार रुपैंया खुद नाफा कमाएको थियो । बीमा कम्पनीको वास्तविक खुद नाफा बीमांकीय मूल्यांकन पश्चात मात्र आउने भएकाले यहाँ देखाइएको नाफाका आधरमा तुलनात्मक अध्ययन मात्र गर्न सकिन्छ ।

चालु आर्थिक वर्षको ९ महिनामा २७ करोड रुपैंयाको दाबी भुक्तानी गरेको प्राइमले अभिकर्ताहरुलाई २१ करोड २९ लाख रुपैंया कमिशन बितरण गरेको छ । बीमा शुल्क झण्डै २ अर्बले संकलन गरेको अवस्थामा कम्पनीको दाबी भुक्तानीको अवस्था न्युन हुन आउँछ ।

प्राइमले १ हजार ६५१ व्टा दाबी भुक्तानी गरेकोमा ४० वटा दाबी वापत १ करोड ४८ लाख रुपैंया भुक्तान गर्न बाँकी छ । यो तथ्यले कम्पनीको कमाईको अवस्था बीमांकीय मूल्यांकन पछि राम्रो हुने देखाउँछ ।

चुक्ता पूँजी एक अर्ब ७८ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष एक अर्ब ११ करोड माथि पुगेको छ ।