१३ रुपैंया प्रतिशेयर आम्दानी रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ६६ गूणा


दोस्रो बजारमा केही कम्पनीहरुको शेयरमूल्य आकाशिदा लगानीकर्ताहरु जोखिममा पर्ने गरेका छन् । मंगलबार तेस्रो त्रैमासिक वित्तीय विबरण निकालेको एउटा कम्पनीले कमाई बढाउँदै गए पनि कमाईको अनुपातमा मूल्य आम्दानी अनुपात धेरै रहेको देखिएको छ ।

नयाँ नेपाल लघुवित्तले खुद नाफाको आकारलाई फराकिलो अन्तरले बढाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले गरेको प्रगतिले शेयरधनीलाई आशावादी हुन सक्ने ठाउँ पनि राखेको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८३ लाख २६ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ लाख ३६ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो ।

लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैंया छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैंया थियो ।

जगेडा कोषमा ३ करोड ३ लाख ३० हजार रुपैंया रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १३६ रुपैंया ११ पैसा छ ।

प्रतिशेयर आम्दानी १३ रुपैंया २१ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात ६६.२० गूणाले बढी छ । यसले समग्रमा दोस्रो बजारमा लघुवित्तको शेयरमा जोखिम रहेको देखाउँछ ।

निष्कृय कर्जा अनुपात १.९६ प्रतिशत रहेको लघुवित्तको कोषको लागत ११.६४ प्रतिशत छ ।