बेष्ट फाइनान्सको नाफा १२३ प्रतिशतले वढ्यो


बेष्ट फाइनान्सले चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा ७ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा फाइनान्सको नाफा १२३ प्रतिशतले बढेको हो । गत आवको तेस्रो त्रैमासमा फाइनान्सले तीन करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


समस्या ग्रस्त संस्थाबाट मुक्ति भएको फाइनान्सले खरब कर्जाको असुलीलाइ तिब्रता दिएर खुद ब्याज आम्दानी वढाएपछि खुद नाफामा उच्च सुधार आएको हो । हाल चुक्ता पूँजी ८१ करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष १० करोड ४९ लाख रुपैयाँले नोक्सानीमा छ ।

चैत्र मसान्तसम्ममा फाइनान्सले दुई अर्ब २८ करोड तीन लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले दुई अर्ब १८ करोड २३ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

चालु आवको चैतसम्ममा फाईनान्सले १० करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको चैतको तुलनमा ९ करोड २३ लाख रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा फाइनान्सले एक करोड ४८ लाख रुपैयाँ मात्र खुदब्याज आम्दानी गरेको थियो ।

फाइनान्सले यस त्रैमासमा ९ करोड ४६ लाख रुपैयाँ खराब कर्जा वापत असुलि गरेको छ । गत वर्ष फाइनन्सले तीन करोड ८९ लाख रुपैयाँ खराव कर्जा मार्फत फिर्ता गरेको थियो ।
यो अवधिमा फाइनान्सको ५८.२० प्रतिशतको अनुपातमा रहेको निष्कृय कर्जा १६.९५ प्रतिशतमा झरेको छ र यद्यपि फाइनान्सले खराब कर्जा अनुपातको मात्र सुधार गर्नु पर्ने अवस्था छ । फाइनान्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा छ भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ४ पैसा छ । मूल्य आम्दानी अनुपात १०.२ गुणा बढी छ ।