प्रोग्रेशिभ फाइनान्सको नाफा ३ करोड


प्रोग्रेशिभ फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा फाइनान्स ९७ लाख ११ हजार रुपैयाँले नोक्सानीमा थियो ।

फाइनान्सले खराव कर्जा असुली गरेपछि नाफामा गएको हो । सो अवधिमा फाइनान्सले खुद ब्याज आम्दानीमा १२० प्रतिशले वढाएको छ । सो अवधिमा खराब कर्जा वापतको तीन करोड ४ लाख रुपैयाँ बराबर असुलि गर्दा फाइनास नोक्सानी बाट नाफामा गएको हो ।

हाल चुक्ता पूँजी ७१ करोड २१ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा चार करोड २५ लाख रुपैयाँ सञ्चित छ । चैत्र मसान्तसम्ममा ८२ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ८८ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चैत मसान्तसम्ममा ४ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको तुलनामा १२० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा फाइनान्सले एक करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनन्समा निष्कृय कर्जा अनुपात ३.३९ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १० पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९७ पैसा छ । मूल्य आम्दानी अनुपात ३०.१ गुणाले बढी छ ।