रसुवागढी र साञ्जेनको सेयर बाँडफाँड ३ बजे


रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेका शेयरको काँडफाँड आज दिउँसो ३ बजे हुने भएको छ ।
उर्जामन्त्रालयको सभाहल, सिंहदरबारमा बाँडफाँड हुने बाँडफाँडमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थिती हुनेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा रसुवागढीको आईपिओमा १० देखि ४० कित्तासम्म माग गर्ने आवेदकले माग अनुसार नै शेयर प्राप्त गर्नेछन् भने सो भन्दा बढी माग गर्नेका लािथ थप १० कित्ताका लागि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथामा शेयर प्राप्त गर्न नसक्नेले ४० कित्ता नै शेयर पाउनेछन् ।

साञ्जेनको आईपिओमा सबै आवेदकलाई १० कित्ताकादरले समानुपातिक रुपमा शेयर बाँडफाँड गरेर बाँकी रहेको शेयर थप १० कित्ता गोलाप्रथाबाट सदर आवेदकलाई वितरण हुनेछ । यसमा अधिकतम शेयर प्राप्त गर्नेले २० कित्ता मात्र सेयर पाउनेछ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार रसुवागढी हाइड्रोपावर कम्पनीको आईपिओमा एक करोड ७१ लाख ३१ हजार ५१० कित्ताको माग भएको छ । ३ लाख २ हजार ५०० आवेदनबाट सो बराबरको शेयर माग भएको हो । कम्पनीले सर्वसाधारणमा ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कूल एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गरेकामा ४ लाख १० हजार ५२६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुका लागि र ५ लाख १३ हजार १५७ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

यस्तै साञ्जेन जलविद्युत बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेनको आईपिओमा एक करोड ४१ लाख कित्ता शेयरको माग भएको छ । ३ लाख ४ हजार आवेदनबाट सो बराबरको शेयर माग भएको हो ।
साञ्जेनले सर्वसाधारहरुबाट ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको थियो। कूल ५४ लाख ७५ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा २ लाख १९ हजार कित्ता जलविद्युत कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । आइपीओ रिजल्ट notebazar.com मा हेर्न सक्नुहुन्छ