शैक्षिक संस्था तथा अस्पताल नजिक भईरहेको मदिरा व्यापार नियन्त्रण गर्नुपर्छ : मदिरा व्यवसायी

0
Shares

मदिरा व्यवसायीहरुले शैक्षिक संस्था तथा अस्पतालको आसपासमा भईरहेको मदिराको खुला व्यापार नियन्त्रण गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।

नेपाल मदिरा व्यवसायी महासंघका सहकोषाध्यक्ष मुकुन्द मर्हजनले लाइसेन्स बिना भैरहेको मदिरा बिक्री वितरणमा कडाई गरिनु पर्ने बताए । नेपाल मदिरा व्यवसायी महासंघको यही बैशाख २१ गते काठमाडौंमा हुन लागेको अधिवेशनमा उपाध्यक्षका प्रत्यासी समेत रहेका महर्जनले लाइसेन्स नलिई बीना अन्तशुल्क भईरहेको मदिरा कारोबार नियन्त्रण गरे राज्यका साथै व्यवसायीलाई समेत राहत पुग्ने बताए । हाल महासंघको कोषाध्यक्षमा रहेका मुकुन्द महर्जनले व्यवसायीका यस्तै समस्याहरु सम्बोधन गर्न र मदिरा व्यवसायलाई व्यवस्थीत बनाउन महासंघको उपाध्यक्षको भुमिकामा जान खोजेको प्रष्ट पारे ।

महासंघको नेतृत्वमा तहमा पुगेपछि महासंघलाई प्रभावकारी बनाउन आफुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने महर्जनको दाबी छ । अबको कार्यसमितिले महासंघको भवन निर्माण, संगठनलाई व्यवस्थित गर्ने, नीतिगत पहलमा जोड दिने, मूल्यमा एकरुपता कायम गर्ने, लिकेज ब्रिकेज लगायतका समस्याहरुलाई व्यवस्थित गर्नुपर्ने लगायतमा विशेष ध्यान जानुपर्ने उनी बताउँछन् ।

साथै उनले भ्याटमा दर्ता भएका व्यवसायीलाई राजश्व प्रशासनले करको लक्ष्य पुरा गर्न प्यानमै नबीकरण गरिदिने गरेको भन्दै भ्याटमा अनिवार्य गराइनु पर्ने बताए । त्यस्तै राजश्व विभागले मदिरा व्यवसायीलाई कारोबार अनुमति दिदा उल्लेख गरेका नियम पालन नहुँदा लाइसेन्स लिएर कारोबार गर्ने व्यवसायी मर्कामा परेको भन्दै दर्ता नभई संचालनमा रहेका र २४ घण्टे मदिरा कारोबारलाई नियन्त्रण गर्नुपर्ने उनको सुझाब छ ।

महासंघको भवन निर्माणार्थ व्यावसायिक पक्षबाट सबैभन्दा बढी रकम सहयोग उपलब्ध गराएका महर्जन सफल व्यवसायीको रुपमा समेत परिचित छन् । हाल महर्जनले ललितपुरबाट टेन टु टेन लिक्वर स्टोर, मुकुन्द ट्रेड लिंक र जे।वि।एल। स्नुकर सञ्चालन गर्दै आएका छन् ।

महासंघको केन्द्रीय सदस्य हुँदा महर्जनकै अग्रसरतामा काठमाण्डौ, ललितपुर र भक्तपुरमा जिल्ला संघ स्थापना भएका थिए । महासंघको ५२ जिल्लामा संघ विस्तार भैसकेको छ । सातै प्रदेशमा पनि प्रदेशस्तरीय संघले सक्रिय रुपमा काम गरिरहेका छन् । महासंघमा देशभरका ८ हजार बढी मदिरा व्यवसायी आवद्ध रहेका छन् । महासंघको नेतृत्व चयन गर्न मुलुकभरीबाट ८०० हाराहारी सदरस्य यही शनिबार राजधानीमा भेला हुँदै छन् ।