गणपति माइक्रोको आईपिओ बाँडफाँड, नतिजा नोटबजारमा


गणपति माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयरकोे शुक्रबार बाँडफाँड भएको छ । कम्पनीले बैशाख ९ देखि १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उक्त आईपिओ बाँडफाँड भएको हो ।

लघुवित्तको साधारण सेयर ३१ हजार ३०८ जनाले गोलाप्रथाबाट १० कित्ता हात पारेका छन् । उक्त बाँडफाँडमा दुई लाख ९१ हजार ३०१ आवेदकले शेयर प्राप्त गर्न सकेनन् । साधारण सेयरका लागि आवेदन गरेर सदर भएका ९.७० प्रतिशत आवेदकले शेयर प्राप्त गरेका छन् भने उच्च मागका कारण ९०.३० प्रतिशतले शेयर प्राप्त गर्न नसकेका हुन् ।

७०० वटा आवेदनबाट परेको १५ हजार ९८० कित्ता शेयरको माग रद्ध भएको बिक्री प्रबन्धले जनाएको छ । कम्पनीले कूल ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।