ज्योति विकास बैंकको खुद नाफा २८ करोड


ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको साही अवधिको तुलनामा ६ करोड २९ लाख रुपैयाँले धेरै हो ।
बैंकले हाम्रो विकास बैंकलाई गाभेपछि बैंकको नाफामा सुधार आएको हो । हाम्रो विकास बैंकलाई गाभेपछिकको पहिलो त्रैमासीक विवरण प्रकासीत गरेको ज्योतीको नाफामा ६ करोड भन्दा धेरैको नाफा वढेको हो । बैंकले नुवाकोट केन्द्रिय कार्यालय रहेको साविकको हाम्रो विकास बैंकलाई प्राप्ति गरी चैत १५ गते देखि एकिकृत कारोबार सुरु गरेको थियो ।

बैंकले चैतसम्ममा २७ अर्ब २० करोड ७५ लाख निक्षेप संकलन तथा एक अर्ब ७२ करोड ४५ लाख रुपैयाँ सापटि लिएर २३ अर्ब ९० करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा पनि २७ करोड २ लाख रुपैयाँले सुधार भएको छ । गत आर्थिक वर्षको चैतसम्ममा ५३ करोड ६ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ८० करोड ८ लाख पुर्याएको छ । यो अवधिमा २ अर्ब २५ करोड ५० लाख रुपैयाँ व्याज आम्दानी गरि १ अर्ब ४५ करोड ४१ लाख ब्याज खर्च गरेको छ ।
हाम्रो विकास बैंकको प्राप्तिपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने बेंकको प्रमुख वित्तीय सुचकहरु पनि परिर्वतन भएको छन । बैंकको जगेडा कोषमा ६३ करोड ४१ लाख रुपैयाँ सञ्चित छ ।
बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात ११.४१ गुणा बढी छ । यस्तै खराब कर्जा अनुपातमा १.२७ बाट सुधार गरेर ०.९९ प्रतिशतमा झारेको छ ।