इन्फिनिटी माइक्रोफाइनान्सले ६ लाख ७४ हजार कित्ता साधारण बिक्री गर्ने


इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ करोड ७४ लाख ५ हजार रुपैयाँ बरावरको साधारणसेयर सर्वसाधारणमा निष्कासन गर्ने अनुमती पाएको छ । संस्थालाइ नेपाल धितोपत्र बोर्डवाट सर्वसाधारणमा सेयर निष्कासन गरी पुँजी संकलन अनुमति पाइसकेको हुनाले सर्वसाधारणमा सेयर बिक्री गर्ने निश्चित भएको हो ।
बोर्डले संस्थाको जारी पूँजीको ३२.५० प्रतिशत आईपिओ बिक्री गर्न अनुमति दिएको छ । कम्पनीले माघ २९ गते ६ लाख ७४ हजार कित्ता आइपिओ निष्काशन गर्न अनुमति मागेकोमा बैशाख २३ गते बोर्डले अनुमति पाएको हो ।

लघुवित्तले जारी पूँजी २० करोड ७४ लाख रूपैयाँको ३२.५ प्रतिशतले हुन आउने ६ करोड ७४ लाख पाँच हजार रूपैयाँ बराबरको ६ लाख ७४ हजार ५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ । आईपिओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रूपैयाँ पुग्नेछ । साधारण शेयर निष्काशनका लागि इन्फिनिटीले सिभिल क्यापिटल मार्केटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरीसकेको छ ।
लघुवित्तको साधारणसेयरलाइ क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको बुझाउँछ ।

१४ करोड चुक्ता पूँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २० रूपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रूपैयाँ ४० पैसा छ ।