रिडी हाइड्रोपावरको सञ्चित कोष घट्यो


रिडी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा र सञ्चित कोषमा गिरावट आएको छ । कम्पनीको जगेडा कोषमा १२ प्रतिशतले संकुचन आइ २ करोड ९६ लाख रुपैयाँ मात्र सञ्चित छ ।

कम्पनीले चैत मसान्तसम्मा ७६ लाख ५१ हजार रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५.९९ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोले ७२ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत विक्री मार्फतको आम्दानी घटेपनि आयोजना खर्चमा नियन्त्रण गरेसँगै हाइड्रोको नाफा वढेको देखिएको हो । गत वर्षको यसै अवधिमा ७ लाख २३ हजार आयोजना खर्च गरेको हाइड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सो खर्च ५ लाख ७९ हजारमा सीमित राखेको छ ।

हाइड्रोको विद्युत विक्री मार्फतको आम्दानी र अन्य स्रोत मार्फतको आम्दानी भने घटेको छ । गत वर्षको यसै अवधिमा विद्युत बेचेर एक करोड १६ लाख आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा विद्युत बेचेर एक करोड १५ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।
चुक्ता पूँजी ५३ करोड ११ लाख पुर्याएको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५७ पैसा र मूल्य आम्दनी अनुपात २६०.९९ गुणा बढी छ ।