प्रोग्रेसिभ र सिटी एक्सप्रेस फाइनान्स आइपीएस प्रणालीमा, ग्राहकले अनलाइन कारोबार गर्नसक्ने

0
Shares

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा मंगलबारदेखि कारोबार शुरु गर्ने गरी प्रोग्र्रे्शिभ र सिटी एक्स्प्रेस फाइनान्स समेत आबद्ध भएका छन् ।

ती फाइनान्स कम्पनीहरुका ग्राहकहरुले पनि अब यस प्रणालीको अनलाईन पोर्टल अथवा मोबाईल एप्समार्फत सिधै आफ्नो बैक खाता प्रयोग गरी अनलाईन कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंक तथा फाइनान्स कम्पनीका ग्राहकले आफूलाई एकपटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेको नेपाल क्लियरिङ हाउसले विज्ञप्तिमार्फत जनाएको छ ।

हाल यस प्रणालीमार्फत् नेपाल सरकारको राजश्व भुक्तानी, लोकसेवा आयोगको परिक्षाशुल्क भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड र अनलोड, सेयर ब्रोकरको भुक्तानी, डिम्याट र मेरो सेयरको नविकरण भुक्तानी गर्न सकिने व्यवस्था रहेकोछ ।