गुराँस लघुवित्तको साधारण सेयर बिहीबार बाँडफाँड


गुराँस लघुवित्तले सर्वसाधरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको सेयरको बिहीबार बाँडफाँड गर्ने भएको छ । बिहीबार बिहान १० बजे एनआइबीएल एसको कार्यालय लाजिम्पाटमा संस्थाको साधारण सेयरको बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

संस्थाले वैशाख १६ देखि २० गतेसम्म २ लाख ३३ हजार ६२५ कित्ता साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको थियो । संस्थाको साधारण सेयरका लागि मागभन्दा २० गुणा बढी आवेदन परेको छ । २ लाख ४२ हजार ६०० आवेदकले ४५ लाख कित्ता भन्दा बढी सेयरका लागि आवेदन दिएका छन ।

धनकुटामा केन्द्रीय कार्यालय रहेको संस्थाले पूर्वका १० जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल संस्थाले २२ वटा शाखा कार्यालयबाट आफ्ना ग्राहकलाइ सेवा प्रदान गर्दै आएको छ ।

संस्थाको अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ छ । जारी पुँजीमध्ये ५ करोड २५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी पुँजी सर्वसाधारणलाई बिक्री गरेपछि पुर्याउने स.स्थाले जनाएको छ ।