उन्नति माइक्रोफाइनान्सको नाफा ७५ प्रतिशतले बढ्यो


उन्नति माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ३५ लाख रुपैयाँ अर्थात ७५ प्रतिशतले धेरै हो । गत वर्ष माइक्रोफाइनान्सले एक करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

माइक्रो फाइनान्सको नाफामा आएको सुधारले प्रतिशेयर आम्दानीसमेत सुधार आएको छ । हाल माइक्रोफाइनान्सको प्रतिशेयर ५४ रुपैयाँ ६६ पैसा छ ।

हाल चुक्ता पूँजी ७ करोड ७२ लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सले तीन करोड ९७ लाख रुपैयाँ सञ्चित कोषमा जम्मा गरेको छ । चैत मसान्तमा माइक्रोफाइनान्सले ५० करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेर एक अर्ब ७ करोड ९६ लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्था माफर्त ऋण लिएर एक अर्ब ३७ करोड ७५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा माइक्रोफाइनान्सको निक्षेप संकलन ७८.२७ प्रतिशतले बढेको छ भने कर्जा प्रवह ५६.४२ प्रतिशतले गरेको छ । यस अवधिमा माइक्रोफाइनान्सले ५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी एक करोड १७ लाख रुपैयाँले बढेको हो । गत वर्ष माक्रोफाइनान्सले ४ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

माईक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात १.०३ प्रतिशत छ । प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३९ पैसा छ । मूल्य आम्दानी अनुपात २०.५१ गुणा छ ।