युनाइटेड मोदीको खुद नाफामा समामन्य सुधार


युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आवको सोही आवधिको तुलनामा ३.७० प्रतिशतले धेरै हो । गत आवको चैतसम्मा हाइड्रोले ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले विद्युत विक्री मार्फत २३ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोले विद्युत विक्र्री गरेर २२ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
हाइड्रोको अन्य स्रोत मार्फतको आम्दानी भने घटेको छ । गत वर्ष अन्य स्रोत मार्फत् एक करोड २४ लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ लाख २ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

हाल चुक्ता पूँजी एक अर्ब १५ करोड रहेको हाइड्रोको जगेडा कोषमा ७ करोड २२ लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २९ पैसा रहेको छ ।