निक्षेप योजनामा उपहार दिन नपाइने, भूकम्प पीडितले पुनर्निमाण कर्जा लिँदा अन्य धितो मान्य नहुने


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निक्षेप तान्न उपहारको प्रतिस्पर्धा रोकेको छ । केन्द्रीय बैंकले निक्षेप योजनामा उपहार दिन नपाइने व्यवस्था गरी उपहारको प्रतिस्पर्धालाई रोकेको हो ।

केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै निक्षेपमा उपहार नदिने व्यवस्थाका साथै व्यज अनुदान सम्बनधी कार्यविधि २०७५ संशोधन गरी पुनर्निमार्ण कर्जा लिदा पुनर्निमाण हुने घर वा सोही घरले ओगटेको जग्गा मात्र मान्य हुने व्यवस्था गरेको हो । त्यसका साथै कार्यविधिको भुकम्प पिडितको परिभाषासमेत संशोधन गरेको छ ।

केन्द्रीय बैंकको निर्देशनमा निक्षेप संकलन कार्यलाई आकर्षक बनाउन उपहार सम्बन्धी कार्यक्रम सञ्चालन गर्न नपाइने उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलन गर्दा सुन चाँदीका सिक्का लगायत कुनै पनि किसिमका उपहारहरु प्रदान गर्न पाइने छैन् ।

त्यसका साथै केन्द्रीय बैंकले भुकम्प पीडितको परिभाष दिदै पुनर्निमाण कर्जाका लागि कर्जा लिदा अन्य धितो स्विकार नहुने व्यवस्था पनि गरेको छ । केन्द्रीय बैंकका अनुसार धितो भन्नाले भुकम्प पीडित निजी आवास पुनर्निमाण वा प्रबलीकरण लाभग्राहीले नीजि आवास निर्माण कर्जा लिइ निर्माण गर्ने वा गरेको घर तथा सो घरले चर्चेको जग्गा सम्झनु पर्ने उल्लेख छ ।

राष्ट्र बैंकले भूकम्प पीडित भन्नाले राष्ट्रिय पुनर्निमाण प्राधिकरणसंग निजी आवास पुनर्निमार्ण वा प्रबलीकरणका लागि हालसम्म सम्झौता गर्न नसकेको वा सम्झौता गरी पहिलो किस्ता रकम प्राप्त गरी दोस्रो किसता रकम प्रप्त गरी दोस्रो किस्ता रकम प्राप्त नगरेको र आर्थिक अभावका कारण निजी आवास पुनर्निमाण वा प्रबलीकरण गर्न नसकेको भुकम्प पीडित लाभग्राही सम्झनुपर्ने भनी व्याज अनुदानसम्बन्धी एकिृत कार्यविधि २०७५ लाइ संसोधन समेत गरेको छ ।