सूर्या लाईफको १२ प्रतिशत बोनस प्रस्ताव


सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्न प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख २७ गते सम्पन्न बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख रुपैयाँको १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजारस ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले यसअघि पनि १२ प्रतिशत नै बोनस वितरण गरेको थियो । कम्पनीको सो लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयन हुनेछ । बोनस वितरणपटि कम्पनीको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।