एनआईसी एशिया बैंकको नाफा एक अर्ब ३४ करोडले वढ्यो


एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब २७ करोड ६४ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ३४ करोड अर्थात १४५ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्ममा बैंकले ९२ करोड ७६ लाख खुद नाफा गरेको थियो ।

चालु आवको ९ महिनामा बैंकले कर्जा नोक्सानी वापत ९४ करोड ९६ लाख रुपैयाँ व्यवस्था गरेकाले पनि नाफा थोरै देखिएको हो । बैंकका आम्दानीको अधिकांश परिसूचकहरु वढ्दो गतीमा छन । आधार ब्याजदर र निक्षेप संकलन लागतमा सुधार गरेको बैंकले खुद ब्याज आम्दानी दोब्बरले वढाएको छ ।

हाल अर्ब ८३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकसँग चैत मसान्तसम्म एक अर्ब पाँच करोड १२ लाख बराबरको लाभांश वितरण गर्न सक्ने क्षमता छ । यसअनुसार बैंकले चालु आवको अन्त्यसम्म एक अर्ब ४० करोड माथि लाभांश क्षमता कायम गर्ने हुँदा १६ प्रतिशतभन्दा बढी लाभांश शेयरधनीलाई वितरण गर्नसक्ने देखिन्छ ।

चैत मसान्तसम्म बैंकले एक खर्ब ५४ अर्ब निक्षेप संकलन गरि एक खर्ब ४१ अर्ब बराबरको ऋण लगानी गरेको छ । दश प्रतिशतले बचत संकलन बढाएको बैंकको कर्जा लगानी २२ प्रतिशतले वढेको छ । बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ३२ करोड पर्याएको छ । गत आवको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ६५ करोड रहेको थियो ।

हाल सञ्चित कोष ५० प्रतिशतले बढाएर ४ अर्ब ५ करोड पुर्याएको छ । हाल बैंकको खराब कर्जा अनुपात ०.२२ बाट वढेर ०.४५ प्रतिशत पुगेको छ । बैंकको आधार ब्याजदर ११.५० बाट ९.३० र कोषको लागत ७.८४ बाट ७.०९ प्रतिशतमा झरेको छ ।
हाल बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ७४ पैसा, र मूल्य आम्दानी अनुपात १३.६४ प्रतिशत रहेको छ ।