नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ४.५ अर्बले बढ्यो


नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ अर्ब १९ करोड ९ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । यो बिमा शुल्क गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ४९ करोड ५२ लाख रुपैयाँले धेरै हो । 

गत वर्षको यस अवधिमा कम्पनीले १० अर्ब ६९ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

जीबन बीमा कम्पनीहरुमै सबैभन्दा धेरै चुक्ता पूँजी रहेको कम्पनीले चैत मसान्तसम्ममा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो । कम्पनीको यस्तो नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ३ करोड १४ लाख रुपैयाँले बढेको हो । गत वर्षको यसै अवधिमा ४३ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

लु आर्थिक वर्षको त्रेस्रो त्रैमासमा मात्र कम्पनीले पुर्नबीमा कमिशनबाट २ करोड १७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ३ अर्ब १५ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै बीमालेख धितोमा ११ अर्ब २ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेर ७७ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको चैत मसान्तसम्ममा जीवन बीमा कोषमा ५९ अर्ब ४६ करोड २३ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ६१ करोड २४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४३ करोड ६७ लाख रुपैयाँ सञ्चित छ ।

हाल कम्पनीको १२ लाख ३९ हजार २४८ वटा बीमा लेखहरु जारी गरी कुल ८३ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले ३८ हजार ४२३ दाबी वापत ५ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८७ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ ५६ पैसा र मूल्यआम्दानी अनुपात ७७.२९ गुणा बढी छ ।