एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६५ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो बिमा शुल्क गत आवको सोही अवधिको तुलनामा ७३ करोड ३७ लाख रुपैयाँले धेरै हो ।
गत आवको ९ महिनामा कम्पनीले १ अर्ब ९१ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।
कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९२ करोड ९४ लाख रुपैयाँ, बीमालेख धितो कर्जामा १ अर्ब २० करोड १६ रुपैयाँ लगानी गरेर ३ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीले बीमाङ्कीय मूल्याङ्कन अघि ५ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा २ करोड १२ लाख रुपैयाँले बढी हो । गत बर्ष कम्पनीले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ भएको एशियन लाईफले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । सो हकप्रद सेयरपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब एक करोड पुग्नेछ ।
इन्स्योरेन्सको जीवन बीमा कोषमा १५ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ, जगेडा कोषमा २८ करोड ३४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।
हालसम्म २ लाख ६० हजार ७७३ बीमालेख रहेको कम्पनीले कुल १९ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ३ हजार ४१८ दाबी वापत ९९ करोड ३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ८० दाबी वापत २ करोड ४ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।
यस अवधिमा इन्स्योरेन्स प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ५६ पैसा र मुल्य आम्दानी अनुपात ७०.८५ गुणा बढी छ ।
प्रतिक्रिया