माथिल्लो रिचेत जलविद्युत आयोजनामा वाणिज्य बैंकले लगानी गर्ने

0
Shares

माथिल्लो रिचेत खोला जलविद्युत आयोजना निर्माण गर्न वाणिज्य बैंकले लागानप् गर्ने सहमति जुटेको छ । आयोजना गोरखा जिल्लाको आरुघाट र धार्चे गांउँपालिको रिचेतमा निर्माण हुनेछ । बिहीबार एक कार्यक्रमकाबीच प्रर्वधन र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौता पत्रमा आयोजनाका तर्फबाट आनन्द प्रधानले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ हस्ताक्षर गरे ।आरुघाट र धार्चे गाउँपालिकामा निर्माणाधीन आयोजनाको लागत ३६ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको छ । बैंकले १०।२८ प्रतिशत वार्षिक ब्याजमा गरेको लगानी १४ वर्षमा फिर्ता गर्ने सहमति (पे ब्याक पिरियड) भएको छ ।

वार्षिक १ करोड ५ लाख ६० हजार युनिट विद्युत उत्पादन हुने आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४६ लाख रुपैयाँ तोकिएको छ । आयोजनामा ६७।७१ प्रतिशत ऋण र ३२.२९ प्रतिशत स्वपुँजी लगानी हुनेछ । कर्जा प्रशोधन शुल्क समेत अन्य बैंकको तुलनामा अत्यन्तै न्यून रहेको बताइएको छ । आयोजनाको प्रर्वद्धकहरु आनन्दप्रधान, दिवश भट्टराई, हरी भण्डारी र अर्जुनप्रसाद पौडेल जलबिधुत प्रबद्धनक्षेत्रमा लामो अनुभव संगालेको व्यक्तिहरु हुन् ।

हाईड्रोपावर विकासमा लामो अनुभव भएकै कारण सो क्षेत्रमा आफ्नो उद्यमशिलता बढाउन आयोजनामा लगानी गर्न अग्रसर देखिएको प्रवद्र्धकहरुले बताएका छन् ।