कालिका र जनसेवी लघुवित्त मर्जर हुने


कालिका लघुवित्त र जनसेवी लघुवित्त एक आपसमा मर्ज हुने भएका छन् ।

कालिका र जनसेवी मर्जरमा जाने भएपछि नेपला स्टक एक्सचेन्ज(नेप्से)मा कालिकाको शेयर कारोबार रोक्का भएको छ ।

जनसेवीले सर्वसाधारणमा बिक्री गरेको साधारण सेयरको सोमबार बाँडफाँड हुँदैछ ।

नेप्सेले कालिका लघुवित्त र जनसेवी लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ ।

कालिकाको जेठ ६ गतेदेखि कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।