हिमाल दोलखा हाइड्रोले स्थानियलाई १६ लाख कित्ता सेयर दिने


हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ १४ गतेदेखि १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता साधारण शेयर स्थानियबासीलाइ बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको शेयर निष्काशन गर्न लागेको हो ।

सो स्थानियका लागि निष्कासन गर्न लागिएको सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर ९, १० र माई नगरपालिका वडा नम्बर ९ तथा इलाम जिल्लामा बसोबास गर्ने नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।

साधारण सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आईएमई क्यापिटल गर्नेछ । आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात एक करोड कित्तासम्म आवेदन गर्न सकिनेछ ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयर जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा आवश्यक आवेदन नपरेको खण्डमा भने असार १३ गते सम्मखुला हुनेछ ।
सो सेयरमा आवेदन दिन सि आश्वाको साथै इलाममा शाखा रहेका सिद्धार्थ, नेपाल एसबिआई, माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरु, लक्ष्मी बैंक चोकबजार, एभरेष्ट बैंक फिक्कल, सेञ्चुरी बैंक भानुपथ, ग्लोबल आईएमई फिक्कल र आयोजना स्थल इलाम नगरपालिका वडा नम्बर ९, १० बाट पनि सकिनेछ ।
स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको शेयर बाँडफाँड पछि कम्पनीले सर्वसाधारणमा ६२ करोड रुपैयाँ ६२ लाख कित्ता शेयर निष्काशन गर्ने जनाएको छ । स्थानीय र सर्वसाधारण गरि कम्पनीले जारी पूँजीको ४८.७५ प्रतिशत अर्थात ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता साधारण बिक्री गर्न लागेको हो ।