सिद्धार्थ इन्स्योरेन्सको खुद बिमा शुल्क ६१ लाखले घट्यो


चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सिद्धार्थ इन्स्योरेन्सले १८ करोड १० लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा वढाएको भएपनि खुद बिमा शुल्क भने ६१ लाख रुपैयाँले घटेको छ ।

कम्पनीको नाफामा पनि समान्य सुधार आएको हो । चालु आवको चैतसम्ममा १८ करोड ४० लाख खुद नाफा गरेको कम्पनीले गत आवको यसै अवधिमा १८ करोड ०४ लाख २० हजार रुपैयाँ खुद नाफा गरेको थियो।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा भने ६१ लाख ९६ हजार रुपैयाँले खुद बीमा शुल्क घटेको छ । समिक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन तीन करोड ७१ लाख रुपैयाँले घटेको हो।

कम्पनीले पुर्नबीमा कमिशन वापत २१ करोड ११ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा २७ करोड ४७ लाख रुपैयाँ, बीमा कोषमा ६४ करोड ७९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको पूँजी २२ करोड ४५ लाख, जगेडा १५ करोड ४० लाख र महाविपत्ति जगेडा एक करोड ६३ लाख रुपैयाँले वृद्धि भएको हो।

कम्पनीले हाल सम्म ८९ हजार ७८३ वटा बीमालेख जारी गरी एक अर्ब ३४ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा २२ हजार ७९४ वटा बीमालेख नवीकरण भएको छ।

कम्पनीले कुल ४ हजार ९२५ दाबी वापत कम्पनीले ८५ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ५११ दाबी वापत परेको ६० करोड ८४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८७ पैसा, नेटवर्थ २१५ रुपैयाँ ४६ पैसा, र मूल्य आम्दानी अनुपात २१.७४ प्रतिशत रहेको छ।