पाँच किलोवाट बिजुली उत्पादन

0
Shares

पातारासी गाउँपालिका– ३ महरी गाउँमा पाँच किलोवाट बिजुली उत्पादन गरिएको छ । बिजुली उत्पादन भएपछि मैनबत्ती र दियालोको भरमा बस्दै आएका ४० परिवारले बिजुली बाल्न पाएका छन् ।

स्थानीयवासीको श्रमदान तथा ७० लाखको लागतमा बिजुली उत्पादन गरिएको हो । स्विट्जरल्याण्ड र अमेरिकाको आर्थिक र प्राविधिक सहयोग तथा ग्रामीण एकीकृत विकास सेवा (रिड्स नेपाल) को सहजीकरणमा महरी गाउँमा बिजुली उत्पादन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना तथा ५८ किलोवाट क्षमताको लुम जलविद्युत् आयोजनामा समेत गाउँपालिकाले झण्डै रु एक करोड लगानी गरेको छ ।

जग्गा खारेजी माग

सांसद गजेन्द्रबहादुर महतले गोठीचौर गाउँपालिकास्थित कृषि अनुसन्धान अन्तर्गत भेडाबाख्रा कार्यक्रमको अतिक्रमण गरिएको जग्गा खारेजीको माग गरेका छन् । ५९० रोपनी सरकारी जग्गा तत्कालीन मालपोत अधिकृत गोबिन्द न्यौपानेले अतिक्रमण गरेकाले त्यसको खारेजीको माग गरेका हुन्।

उक्त जग्गा अतिक्रमणबारे वि.सं २०७२ देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै आएको छ । सो जग्गा हिनामिना प्रकरणमा मुछिएका ११ जनालाई सात दिनभित्र उपस्थित हुन अख्तियारले निर्देशन दिएको छ । तत्कालीन मालपोत अधिकृत न्यौपानेले आफ्नी पत्नी र छोरीसहित नातागोताका नाममा उक्त जग्गा नामसारी गराएका थिए। अख्तियारले अधिकृत न्यौपानेकी श्रीमती गोमा, छोरी पार्वती, कविदत्त न्यौपाने, केशवराज न्यौपाने, नवऋषि न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, विष्णुऋषि शर्मा न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, मायालाल न्यौपाने र जानकीदत्त देवकोटालाई सात दिनभित्र अख्तियारमा हाजिर हुन भनेको छ ।

जानकीदत्त गुठिचौर गाउँपालिका–५ का तथा अरु वडा नं– ४ का बासिन्दा हुन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले गुठिचौर जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए।

महरी गाउँमा सडक

पातारासी गाउँपालिका–३ महरी गाउँ सडक सञ्जालसँग जोडिएको छ ।सडक नहुँदा बिरामीलाई स्टेचर र डोकोमा बोकेर छुमचौर स्वास्थ्यचौकीसम्म पु¥याउनुपर्ने बाध्यता थियो । यहाँबाट सदरमुकाम खलङ्गा पुग्न एक दिन लाग्छ । स्थानीवासी कृष्ण महरी सडक पुगेपछि स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज हुने बताउँछन्। पातारासी गाउँपालिकाका अध्यक्ष बोहोराले यहाँका हरेक बस्तीलाई सडक सञ्जालसँग जोड्ने काम भइरहेको बताए।