सिटिजन्स म्युच्युअल फन्ड–२ को बार्षिक ग्रोथ १५ प्रतिशत भन्दा माथि हुन्छ


नवराज गिरी

प्रमूख कार्यकारी अधिकृत

सिआईबिएल क्यापिटल

सिआइविएल क्यापिटलका प्रमूख कार्यकारी अधिकृत नवराज गिरी हाल सिटिजन्स म्युच्युअल फन्ड–२ को सार्जजनिक निकाष्कासनको अन्तिम तयारीमा छन । हिमालयन बैंकमा २२ वर्षभन्दा धेरै उच्च पदमा रहेका जिम्मेबारी पूरा गरेका अधिकारी विगत ६ महिनादेखि सिआइविएल क्यापिटलको नेतृत्व सम्हालेका छन । बिहीबार देखि बिक्री खुला हुने सिटिजन्स म्युच्युअल फन्ड–२ ले सर्वसाधारणवाट सात वर्षका लागि एक अर्ब रुपैयाँ उठाने छ । सिआइविएलले ८२ करोड रुपैयाँबराबरको सिटिजन्स म्युच्युअल फन्ड–१ योजना व्यवस्थापन गर्दै आएको छ । सामूहिक लगानी कोषले सानो पुँजी भएका लगानीकर्तालाई एकीकृत गरी संस्थागत रूपमा धितोपत्र बजारमा लगानी गर्ने गिरीको भनाइ छ । आगामी दिनमा सेयर बजारपनि सुधार तर्फ जाने संकेत गरेको हुँदा दोस्रो योजनानका एकाइ धनीलाइ करिब १५ प्रतिशतभन्दा माथिको प्रतिफल दिन सकिने गिरी बताउछन । दोस्रो योजनाले कम्तीमा पनि २ बुलिस टे«ण्डलाइ भोग्ने भएकाले एकाइ धनीले योजनाफिर्ता लिँदा अंकित मूल्यको तीन गुणासम्म पाउने सम्भावना रहेको उनको भनाइ छ । सेयर बजारको अगती अनुसार सामूहिक लगानी कोषको सम्पत्ति पनि घट्ने वढ्ने हुनु स्वभावीक रहेको बताउने गिरी संग नयाँ योजना बिक्री रणनीति तथा लगानीका विषयमा नोटवजारले गरेको कुराकानी ः

पछिल्लो समयमा सेयर बजार अस्थिर देखिएको छ । धितोपत्रको दोस्रो बजारमा सुचिकृत अधिकांश सामूहिक लगानीको कोषको प्रति एकाइ मूल्य अंकित मूल्यभन्दा अर्थत १० रुपैयाँ तल आएको छ । यस्तो अवस्थामा एक अर्वको नयाँ योजनाको निष्कासन गर्नु भएको छ । समय उयुक्त भएका होइन र ?

कुने पनि नयाँ योजना बजारको अवस्था अनुसार आउने नआउने भन्ने हुदैन । सेयर बजारका लागि यो समय नै उचीत हो भन्ने पनि हुदैन । त्यसैले बजारको अवसरलाइ सदुपयोग गर्न सक्ने अवस्था बनाएपछि जहिल्य बजारमा आउ पनि फरक पर्दैन । पछिल्लो समयमा केही सामूहिक लगानीकोष योजनाका एकाइहरूको मूल्य अंकित मूल्यभन्दा पनि तल झरेको अवस्था हो । तर, ती सबै योजनाहरूको खुद सम्पत्ति मूल्यांकन प्रतिएकाइ १० रुपैयाँभन्दा तल गएको छ जस्तो लाग्दैन । यसभन्दा अघिको सिटिजन्स म्युच्युअल फन्डको पहिलो योजनाको अहिलको खुद सम्पत्ति मूल्यांकन ११ रुपैयाँभन्दा माथि छ । अहिलेको सेयर बजारको अवस्थाअनुसार हामीले धेरै राम्रो व्यवस्थापन गरेको हो । अहिले दोस्रो बजारमा सूचीकृत सामूहिक लगानीकोष योजनाहरूमध्ये सिटिजन्स म्युच्युअल फन्ड १ अग्र स्थानमा देखिएको छ । यसले गर्दा पनि दोस्रो योजना व्यवस्थापन गरेर एकाइ धनीलाई उयुक्त प्रतिफल दिन धेरै चुनौतीपूर्ण छ जस्तो लाग्दैन ।

 

सिटिजन्सको पहिलो योजना पुर्ण बिक्री नभएर आकार घटाउनु परेको थियो । नयाँ योजनाको एक अर्ब रुपैयाँ बरावरको १० करोड एकाइ बिक्री गर्न कस्तो रणनीति बनाउनुभएको छ ?

सिटिजन्स म्युच्युअल फण्ड–२ हाम्रो क्यापिटलको व्यवस्थापनमा निष्काशन हुन लागेको दोस्रो सामूहिक लगानी कोष योजना हो । पहिलो योजना बिक्री हुँदा समय नै त्यस्तै थियो । पहिलो योजनाबाट पाठ सिकेर नै हामीले अहिले दोस्रो योजना बिक्रीमा ल्याइरहेका छौं । यस योजनामा हामीले बैंक, बीमा कम्पनी, संस्थागत लगानीकर्ताहरुसँग सहकार्य गर्नुका साथै स–साना लगानीकर्ताहरुलाई समेत बुझाउने प्रयास गरेका छौं । सिटिजन्स म्युच्युअल फन्डको दोस्रो योजनाको बिक्री खुला भोलि बिहीबारदेखि छिटोमा १३ गते सोमबारसम्म हुनेछ । यो अवधिमा पूरा बिक्री नभएको खण्डमा एक महिनाको अवधि अर्थात असार ८ गतेसम्म बिक्री खुला हुन्छ । हामी यो योजनामा साना–साना लगानीकर्ता तथा संस्थागत लगानीकर्तासम्मलाई बुझाउने प्रयास गरेका छौ ।
साथै बैंक, बिमा कम्पनी तथा संस्थागत लगानीकर्ताहरूसँग सहकार्य पनि गरेको हुनाले बिक्री गर्न समस्या हुन्छ जस्तो लाग्दैन । त्यसमा हामीले धेरैभन्दा धेरै साना तथा सेयर बजार नबुझेका मात्र नभई जोखिम लिन नसक्ने लगानीकर्तालाई सामूहिक लगानी बुझाएर लगानी गर्न प्रेरित गरेका छौं ।

हाम्रा लगानीकर्ताले जोखिम नलिइ धेरै प्रतिफल खोजछन । तर, सामूहिक लगानी कोषमा जोखिम हुनुका साथै प्रतिफल पनि कम हुने भएकाले लगानीकर्ता कार्षि हुने आधार देखिएन नी ?

उच्च जोखिम भएको क्षेत्रमा लगानी गर्दा प्रतिफल पनि उच्च हुन्छ र न्यून जोखिम भएको क्षेत्रमा लगानी गर्दा प्रतिफल पनि न्यून हुन्छ । तर, सानो रकममा जोखिम व्यवस्थापन गरेर प्रतिफल लिन सहज पनि छैन । त्यसका साथै लगानी थोरै भएपनि सेयर बजारको विश्लेषण र आफुले किन्ने सेयरको उयुक्त विश्लेषण पनि गर्नु पर्ने भएकाले लगानीकर्ताको सहजताका लागि सामूहिक लगानी कोष सञ्चालन हुने हो । सामूहिक लगानीकोषमार्फत लगानी गर्दा बजारसम्बन्धी पर्याप्त ज्ञानको जरुरी हुँदैन । सानो लगानीका लागि कम्पनी तथा बजार विश्लेषण गरेर लगानी गर्न सम्भव नहुन सक्छ । तर, सामूहिक लगानी कोषले संस्थागत रूपमा लगानी गर्ने भकाले सानो लगानी गर्ने धेरै लगानीकर्ताको पुँजी एकिकृत गरेर संस्थागत रुपमा लगानी गर्ने हो । त्यसका लागि सामूहिक लगानी कोषसंग बजार र कम्पनीको विश्लेषण गर्न छुट्टै अनुसन्धान टिम बनाएर काम गर्ने भएकाले लगानीको निर्णय लिन सहज हुन्छ । सानो रकमलृ सेयर बजारका ब्लु चिप भनिका सेयर किन्न सम्भव हुदैन । तर, रिटर्न धेरै तिनै सेयमा लगानी गर्दा हुन्छ । ब्लु चिप सेयरमा लगानी गर्न ठुलो पुँजी आवश्यक हुन्छ । यी सबै कारणहरूले गर्दा जोखिम सीमित गरी बढीभन्दा बढी प्रतिफल प्राप्त गर्न सकिने पुँजी बजारको माध्यमका रूपमा विश्वभर नै म्युच्युअल फन्डलाई लिने गरिएको हो ।

यो योजनामा लगानी गर्ने लगानीकर्ताले कतिसम्मको प्रतिफल पाउन सक्छन ?

नियम अनुसार कुनै पनि योजना व्यवस्थापकले योजनाको प्रतिफल पहिले नै सुनिश्चित गर्न पाउदैनन । पहिलो योजनावाट एकाइ धनीलाइ कम्तीमा पनि १५ प्रतिशत प्रतिफल दिने अवस्था छ । अहिले धितोपत्रको दोस्रो बजार घट्दो अवस्थामा छ । दोस्रो योजनाको पैसा लगानी योग्य हुदाँसम्म बजार सुधारको गतिमा जाने सम्भावना उच्च छ । अहिले घटेको समयमा लगानी गर्ने उपयुक्त समय पनि हो । हाम्रो योजना ७ वर्षको हो । यो अवधिमा बजारका २ पटकसम्म बजारले नयाँ उचाइ बनाउने अवधि हो । २ वटा बुल ट्रेन्डमा लगानीको प्रतिफल बुक गर्दा कम्तीमा पनि एकाइ धनीले लगानी गरेको भन्दा तेब्बरसम्मको सम्पत्ति फिर्ता पाउँछन । त्यसका साथै एकाइ धनीले हरेक वर्ष १५ देखि २० प्रतिशतको प्रतिफल पाउने सम्भावना देखिन्छ ।

तपाइले ल्याउन लागेको दोस्रो योजना मार्फत संकलन भएको रकम पचिालन गर्ने रणनीति कस्तो बनाउनु भएको छ ?

हामीले सर्वसाधारणबाट संकलन गरेको रकमको १० प्रतिशत मुद्दती निक्षेपमा लगानी गर्छौं । त्यसपछिको अर्को १० देखि २० प्रतिशतसम्म डिबेञ्चर तथा बन्ड निश्चित आम्दानी हुने क्षेत्रमा लगानी गर्छौं । बाँकी रहेको ७० प्रतिशत रकम प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्ने योजना बनाएका छौ । साधारण सेयर निष्कासन गर्ने कम्पनीले ५ प्रतिशत अनिवार्य रूपमा सामूहिक लगानी कोषलाई छुट्याएको हुन्छ । त्यो पनि सामूहिक लगानीकोषका लागि थप सकारात्मक पक्ष छ । प्राथमिक तथा दोस्रो बजार वित्तीय औजारहरूमा बजारको अवस्था र योजनाको प्रतिफल बढीभन्दा बढी होस् भन्ने हिसावले लगानी संरचनामा केही परिवर्तन गरेर लगानी व्यवस्थापना गर्ने योजनामा छौं ।

सिटिजन्सको दोस्रोे योजनामा नै लगानी किन गर्ने ?

हामीले सानोभन्दा साना भन्दा साना लगानीकर्तालाई प्राथमिकतामा राखेका छौ । धितोपत्र बजारसम्बन्धी ज्ञान कम भएका, जोखिम लिने क्षमता नभएकाले लगानीकर्तालाई लगानी गर्न यो योजना नै उयुक्त माध्यम हो । यो योजनाको रकम धेरै क्षेत्रका कम्पनीमा लगानी गरेर जोखिम व्यवस्थापन गर्ने भएकाले कुनै एक कम्पनीको सेयर घट्दैमा नोक्सानी नै हुने सम्भावना हुँदैन । लगानीमा विविधिकरण गरेर व्यवस्थापन गरिने भएकाले यो योजनाको प्रतिफल पनि निश्चित जस्तै छ । जोखिम बिना उयुक्त प्रतिफलका लागि यो योजना रोज्नु जायछ हुन्छ भन्ने लाग्छ ।