एनआइबीएल म्यूच्यूअल फण्डको खुलामुखी योजना, ‘एनआईबिएल सहभागिता फण्ड’ जेठ १९ गतेदेखि बिक्री खुला


एनआईबिएल एस क्यापिटलले जेठ १९ गतेदेखि खुला मुखी योजनाको निष्कासन गर्ने भएको छ । एनआईबिएल सहभागिता फण्ड नामक योजनाको २० करोड रुपैयाँ बराबरको २ करोड इकाई सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।

हाल दुई वटा बन्दमुखी योजना सञ्चालनमा गरीरहेको एनआइबिएले पहिलो पटक खुलामुखी योजना सञ्चालनमा ल्याउन लागेको हो । एनआईबिएल सहभागिता फण्ड नेपालको पूँजी बजारको दोस्रो खुलामुखी योजना हो । यसभन्दा अघि एनआइडीसी क्यापीटल मार्केटले खुला मुखी योजना सञ्चालन गरेको भएपनि बजारको सकारात्मक प्रतिक्रिया नदिएपछि बन्द मुखीमा परिवर्तन भएको थियोे ।

नेपाल धितोपत्र बोर्डबाट बैशाख ९ सोमबार ५० करोडको जारी गर्न स्वीकृती दिएको थियो । एनआइविएलले पहिलो चरणमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई निष्काशन गर्नेछ ।
दुई करोड इकाईमध्ये बिज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित राखी एक करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन हुने एनआविएल एस क्यापिटलले जनाएको छ ।
एनआईबिएल सहभागिता फण्डमा प्रति इकाई १० रुपैयाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार इकाईका लागि २५ लाख रुपैयाँसम्मको आवेदन गर्न सकिन्छ ।

इकाईमा सि आश्वा सदस्यस्ता प्राप्त लगानीकर्ताको बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि अनलाईन आवेदन गर्न सकिनेछ ।
इकाई छिटोमा जेठ २२ गते निष्काशन बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने असार १६ गतेसम्म निष्काशन खुला रहनेछ । यो योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल नै रहेको छ ।

यो योजनाका एकाइ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मो सूचीकृत भएर खरिद बिक्री हुँदैन । साथै यो योजनाको परिपक्क हुने पनि हुदैन । योजना व्यवस्थापक र कोष प्रवद्र्धक आफैँ वा अन्य संस्थालाई वितरक तोकि खरिद बिक्रीको व्यवस्था गर्नेछन ।

खुलामुखी म्युुचुुअल फण्डको लगानी वा समयको कुनै सीमा हुँदैन । खुलामुखी प्रकारका कोषले लगानीकर्ताको मागअनुसार जति पनि संख्यामा इकाइहरू जारी वा बिक्री गर्न सक्छ । त्यसरी संकलन गरेको सबै रकम कोष व्यवस्थापकले तुरुन्तै लगानी गर्ने भएकाले यस्ता कोषका इकाइ दोस्रो बजारमा प्रायजसो प्रतिइकाई खुद सम्पत्ति मूल्यमा नै खरिद बिक्री हुन्छ ।
हालसम्म नेपालमा बन्दमुखि प्रकृतिको १३ वटा म्युचुअल फण्ड सूचीकृत छन् । नबिल ब्यालेन्स फण्डले इकाई बिक्री सकेको छ भने बिहीबारदेखी सिटिजन्स म्युचुअल फण्ड २ बिक्रीमा छ ।