प्राइम समायोजनपछि सेयर मूल्य ३१८ रुपैयाँ


नेपला स्टक एक्सचेन्ज(नेप्से)ले प्राइम कमर्सियल बैंकको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको १६ प्रतिशत बोनसलाई सिमायोजन गरि प्रतिकित्ता ३१८ रुपैयाँ ९७ पैसामा समायोजित शेयरमूल्य निर्धारण गरेको छ ।

समायोजन पश्चात बैंकको शेयरमूल्य बढेर ३२० रुपैयाँ पुगेको छ । बैंकले गत आवको नाफाबाट बोनस वितरण गर्न बिहीबार बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधार मूल्य ३६७ रुपैयाँ ४१ पैसा कायम भएको नेप्सेले जनाएको छ ।
बैंकले गत आवको मूनाफाबाट चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ २६ गते आह्वान गरिएको ११ औं वार्षिक साधारण सभाले बोनस सेयरको प्रस्ताव पारित गरेपछि मत्र कार्यान्वयन हुनेछ ।

एघारौं वार्षिक साधारण सभा गर्ने प्रयोजनको लागि बिहीबार बुकक्लोज गरेकोले जेठ ८ गते सम्म कायम शेयरधनीले मात्र बोनश र साधारण सभामा सहभागि हुन पाउनेछन्् । हाल बैंकको चुक्त पूँजी ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ छ बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।