सिटिजन्स म्युचुअल फण्डको दोस्रो योजनाका बिक्री खुला


सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो योजना सिटिजन्स म्युचुअल फण्ड–२ को इकाई आज बिहीबार देखि खुल्ला भएको छ । प्रति इकाई मूल्य १० रुपैयाँको दरले दश करोड इकाई बराबरको एक अर्ब रुपैयाँ बराबरको फण्डको सार्वजनिक निष्काशनमा गरेको हो ।

कुल १० करोड इकाई मध्ये बीज पूँजी वापत न्युनतम १ करोड ५० लाख अर्थात कूल इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो ।

म्युचुअल फण्डमा छिटोमा जेठ १३ गते सोमबार सम्म आवेदन गर्न सकिनेछ । सो अवधिमा निष्काशित सबै इकाई बिक्री नभएको खण्डमा भने ढिलोमा असार ८ गतेसम्म आवेदन गर्न सकिन्छ । फण्डमा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वा अनलाइनमार्फत मेरो शेयर सफ्टवयर मार्फत गर्न सकिने व्यवस्था छ ।

इच्छुक आवेदकले न्यूनतम १०० इकाईका लागि एक हजार रुपैयाँदेखि अधिकतम २ करोड इकाई अर्थात २० करोड रुपैयाँसम्म आवेदन गर्न सक्नेछन् । सिटिजन्स म्युचुअल फण्ड–२ को विशेषताहरु यस्ता छन्।