सिभिल बैंकको संस्थापक सेयर लिलाम खरिद गर्ने आज अन्तिम दिन


सिभिल बैंकले बैशाख २६ गतेदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक शेयर लिलामीमा बोलपत्र पेश आज अन्तिम दिन हो ।
इच्छुक योग्य व्यक्ति तथा संस्थाले यस लिलामीमा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख कित्ताका लागिका लागि आवेदन दिनुपर्ने छ । बोलपत्र पेश गर्दा न्यूनतम २ लाख कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंकको संस्थापक शेयर अन्तिम पटक ११६ रुपैयाँमा कारोबार भएको छ ।

उक्त बोलपत्र जेठ १० गते बिहीबार ११ बजे खुला गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । इच्छुक योग्य व्यक्ति तथा संस्थाले उक्त शेयरमा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखी बढाबढ मूल्य तोकेर बोलपत्र पेश गर्न सक्नेछन् ।

न्यूनतम नै दुई करोड रुपैयाँ बराबरको आवेदन गरि शेयर किन्नुपर्ने भएकाले बैंकको संस्थापक शेयर खरिद गर्न सर्वसाधारणले बैंकको शेयर किन्ने सम्भावना ज्यादै न्यून छ। यसका लागि नागरिक लगानी कोष, सञ्चय कोष वा बीमा कम्पनीहरु नै भित्रनुपर्ने अवस्था छ।

बैंकले साधारण सभाको अघिल्लो दिन ठूलो परिमाणमा संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको थियो। गत दुई आर्थिक वर्षको लाभांश खाएर बैंकको ठूलै संस्थापक बैंकबाट बाहिरिन लागेका हुन्।

बैंकमा ठूलै लगानी गरेको लगानीकर्ताहरुमा इच्छाराज तामाङ्गसँग ६.३० प्रतिशत, सृजना शाक्यको नाममा ४.६२ प्रतिशत, राजु श्रेष्ठ १.४८,मिना महर्जन १.३८, अमिररन्त डंगोल र त्रिरत्न महर्जनसँग समान १.११ प्रतिशत र जय महाशक्ति टे«ेड इन्भेष्मेन्ट एण्ड सप्लायर्स प्रालिको नाममा १.०५ प्रतिशत संस्थापक शेयर हिस्सा रहेको छ ।
यसअघि सिभिल बैंकको लिलामीमा बेचेको २७ लाख कित्ता संस्थापक शेयर कर्मचारी सञ्चयकोषले खरिद गरेको थियो । राष्ट्र बैंकको व्यवस्था बमोजिम एक प्रतिशतभन्दा बढी संस्थापक शेयर खरिद बिक्री गर्न अनिवार्य रुपमा केन्द्रीय बैंकको स्वीकृति लिनुपर्छ ।