शेयर बजार परिसूचक ५ अंकले घट्यो


नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक बिहीबार ५.०८ विन्दुले घटेको छ । नेप्सेमा कारोबार हुुने साताको अन्तिम दिन बिहीबार बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक घटेको हो ।

नेप्सेमा परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर १३१४.५५ अङ्कमा झरेको छ । यस्तै क वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८९ विन्दुले घटेर २८०.३८ अङ्कमा झरेको छ ।

कूल १७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता शेयर ९३ करोड २६ लाख ४४ हजार ८८७ रुपैयाँ बरावरको शेयर खरीद बिक्री भएको छ । आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल ३५.८३, निर्जीवन बीमा ३.७१, अन्य ०.९२, लघुवित्त १.७० र सामूहिक लगानी कोष ०.२ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ ०.९५, व्यापार ०.८, विकास बैंक ९.२०, जलविद्युत् ६४.७८, वित्त ७.०५, उत्पादन ०.५ र जीवन बीमा ४४.५३ अङ्कले घटेको छ । बिहीबार तामाकोशी जलविद्युत् कम्पनीको १५ करोड ५९ लाख ६४ हजार ८४८, हिमालयन डिस्टिलरी सात करोड तीन लाख ३४ हजार २३०, नेपाल बैंक लिमिटेड ६ करोड १४ लाख ७१ हजार ९९५, कृषि विकास बैंक ४ करोड १० लाख ३२ हजार २७, शिवम् सिमेन्ट ३ करोड ९७ लाख ९२ हजार ९२६ र जनता बैंकको २ करोड ९३ लाख ६० हजार ४०४ रुपैयाँ बरावरको सेयर कारोबार भएको छ ।
नेप्सेमा अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.९५ प्रतिशतले कमाए । यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनी ९.६३, सिभिल लघुवित्त वित्तीय संस्था ४.९३, समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.४५ प्रतिशतले कमाए ।

बिहीबार कारोवार शुरु भएको हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ९.७२, हिमालयन पावर पार्टनर ९.७०, घलेम्दी हाइड्रो पावर ८.५७, युनाइटेड मोदी ८.५२ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ७.६९ प्रतिशतले गुमाएका छन् ।