लोकसेवाले एकैपटक खोल्यो ९ हजार बढी पदमा जागिर, घरमै बसी बसी आवेदन गर्न सकिने

0
Shares

लोक सेवा आयोगले विभिन्न स्थानीय तहमा रिक्त रहेका पदपूर्ती गर्न एकैपटक ९ हजार बढी पदमा जागिर खुलाएको छ । आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल ९१६१ पदका लागि विज्ञापन गरेको छ ।

आयोगले रिक्त पदहरुमा खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा प्रत्येक गाउँपालिका, नगरपालिकामा छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी सूचना निकालेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ जेठ ६ को निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत प्राप्त स्थानीय तहका रिक्त पदहरुको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आब्हान गरिएको आयोगले बताएको छ ।

तह ६ का लागि खुला एक हजार रुपैयाँ र समावेशीका लागि थप चार सय, तह ५ का लागि खुला चार सय रुपैयाँ र समावेशीमा थप दुई सय र तह ४ खुलाका लागि ४ सय तथा समावेशीका लागि थप १५० रुपैयाँ दस्तुर तोकिएको छ ।

इच्छुकले अनलाइनमार्फत परीक्षा आवेदन बुझाउन सक्नेछन् । दरखास्त बुझाउने अन्तिम मिति आगामी असार ३ गतेसम्म छ् । साथै दोब्बर दस्तुर तिरेर असार १० गतेसम्म आवेदन गर्न पाइने आयोगले जनाएको छ ।

तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली http://psconline.psc.gov.np/  मार्फत आवेदन दिनुपर्नेछ ।