नेपालको पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्डमा लगानीको अवसर

0
Shares

एनआईबिएल एस क्यापिटलले संचालन गर्न लागेको नेपालको पूँजी बजारमा पहिलो खुलामुखी (ओपन इन्डेड) प्रकृतिको म्युचुअल फण्डको २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा आएको छ ।

फण्डले नेपाल धितोपत्र बोर्डबाट ५० करोडको बराबरको इकाई जारी गर्न स्वीकृती पाए पनि पहिलो चरणमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई निष्काशन गरेको हो ।

जसमध्ये बिज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित राखी एक करोड २५ लाख इकाई सर्वसाधारणमा बिक्री हुनेछ ।

एनआईबिएल सहभागिता फण्डमा प्रति इकाई १० रुपैयाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार इकाई अर्थात२५ लाख रुपैयाँसम्मको आवेदन गर्न सकिन्छ।

इकाईमा सि आश्वा सदस्यस्ता प्राप्त लगानीकर्ताको बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि अनलाईन आवेदन गर्न सकिनेछ । इकाई छिटोमा जेठ २२ गते निष्काशन बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने असार १६ गतेसम्म निष्काशन खुला रहने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।