प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट: आर्मीको पुलिसलाई १२६ रनको चुनौति

0
Shares

त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी क्लबलाई जितको लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ । प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा टस जितेर पहिले ब्याटिङ थालेको आर्मी ३३ दशमल तीन ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटिएको हो।

आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । चालीस बल प्रहार गरेका उनले दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका हुन् ।

त्यस्तै राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। आर्मीलाई सहजै समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान चार/चार विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ।