एआईआईबीले माथिल्लो त्रिशुली १ मा १० अर्ब लगानी गर्ने


एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी) ले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा आयोजनामा दश अर्ब नेपाली रुपैयाँ लगानी गर्ने भएको छ ।

चीनको नेतृत्वमा बनेको एसियन पूर्वाधार लगानी बैंकले पहिलो पटक नेपलाी परियोजनामा करिब ९ करोड अमेरिक डरल बरावरको लगानी गर्न लागेको हो ।

बैंकको यो योजना सहित नेपला विद्युत प्राधिकरणले बनाउन लागेको तामाकोशी ५ मा ९ लाख अमेरिकी डलर अर्थात १० करोड रुपैयाँ र वितरण प्रणाली सुदृढीकरण आयोजनामा १० लाख अमेरिकी डलर अर्थात ११ करोड नेपाली रुपैयाँ लगानी रहनेछ ।

माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना बुट मोडेल (निर्माण, परिचालन र हस्तान्तरण) अन्तर्गत निर्माण हुने लागेको हो । यो योजना ६४ अर्ब रुपैयाँको लागतमा निमार्ण हुन लागेको हो । रसुवामा जिल्लामा निर्माण हुन लागेको आयोजनामा एशियन डेभलपमेन्ट बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को समेत ऋण लगानी रहने छ ।
यो योजनामो प्रबद्र्धन कोरियाली कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले गरिरहेका छ । यस आयोजनामा १९ अर्बको संस्थापक शेयर छ भने बाँकी ऋण लगानी रहेको छ । आयोजनाको डलरमा विद्युत खरिद सम्झौता भइसकेको छ । प्राधिकरणले आयोजनाको विद्युत सुक्खायाम र वर्षायामको क्रमशः ८.४० र ४.८० रुपैयाँ प्रतियुनिट दरमा खरिद गर्नेछ ।

सहमतिअनुरुप अब माथिल्लो त्रिशुली १ को प्रवद्र्धकले आफ्नो ऋण तिरिनसक्दा वा ब्यापारिक उत्पादन सुरु भएको १० वर्षसम्म प्राधिकरण, सरकार र प्रवद्र्धकले संयुक्तरूपमा डलरको पीपीएमा हुने जोखिम बहन गर्नेछ । यो बीचको डलरमा अवमूल्यानले आउने जोखिमको एक तिहाई प्रवद्र्धक आफैंले ब्यहोर्नेछ भने बाँकी दुई तिहाईको जोखिम सरकार र प्राधिकरणले बेहोर्ने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । तर, त्यसबापत ब्यापारिक उत्पादन सुरु भएको १४ औं वर्षबाट २६ औं वर्षसम्म प्रवद्र्धकले घाटा भएपनि वा नभएपनि प्राधिकरणलाई आफ्नो उत्पादनको झण्डै १७ प्रतिशत बिजुली निःशुल्क उपलब्ध गराउनेछ ।
यो आयोजनाको डलरमा पीपीए गर्दा प्राधिकरणलाई अतिरिक्त व्ययभार जोखिम न्यूनिकरण गर्न ‘हेजिङ फन्ड’ स्थापना गर्ने भनिएको थियो । त्यसमा सरकार, प्रवद्र्धक र प्राधिकरणले संयुक्तरुपमा हेजिङ फन्ड बनाउने सहमति थियो ।