भ्रष्टाचारको आरोपमा दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि अनुसन्धान

0
Shares

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ। देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उनीमाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनको प्रचार प्रसार कोषका लागि एक कम्पनीले दिएको पाँच लाख डलरमा अनियमितता भएको आरोप उनीमाथि लागेको छ ।

राष्ट्रपतिका रूपमा रामाफोसा गत महिना मात्रै पुनः निर्वाचित भएका थिए । उनी सन् १९९९ मा पनि नेल्सन मण्डेलापछि राष्ट्रपति हुने अपेक्षा गरिएको थियो । तर अन्तिम समयमा थाबो एम्बेकी राष्ट्रपतिमा चयन भएका थिए।

रामाफोसा रङ्गभेदविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १९७४ र १९७६ मा थुनिनु भएको थियो । त्यसैगरी उनी सन् १९९० मा नेल्सन मण्डेलालाई थुनामुक्त गर्न तयारीका लागि गठित समितिका अध्यक्ष पनि बनेका थिए।

लामो र कठोर राजनीतिक सङ्घर्ष खेपेका रामाफोसाले राष्ट्रपति बनेपछि भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए पनि अहिले आफै भ्रष्टाचार गरेको अभियोगमा फसेका हुन्।