सगरमाथा इन्स्योरेन्सले गत आव २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ८६ प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले असार १ देखि बुकक्लोज गर्ने भएकाले बिहीबारसम्म कायम शेयरधनीले मात्रै उक्त बोनस पाउनेछन्।
कम्पनीले बीमा समितिले तोके बमोजिमको एक अर्ब चुक्ता पूँजी कायम गर्न बम्पर बोनस शेयर वितरण गरेर पूरा गर्न लागेको छ । कम्पनीले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ८६ प्रतिशत बोनस पारित गर्न असार १३ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव अनुसार ४६ करोड २९ लाख ३१ हजार ३४ रुपैयाँको बराबरको बोनस वितरण हुनेछ । बोनसमा लाग्ने कर भने शेयरधनी आफैँले तिर्नुपर्ने हुन्छ।
कम्पनीले असार १ देखि शेयर दाखिला खारेज गर्ने भएकाले जेठ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने इन्स्योरेन्सका शेयरधनीले मात्र गत आवको बोनस तथा साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।
यसैगरि सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३, सर्वसाधारणबाट २, र विदेशी लगानीकर्ता र स्वतन्त्र ११ जना गरि एक महिला सहित कूल ७ जना सञ्चालक कायम गर्ने, संस्थागत समाजिक उत्तरदायित्वको खर्च, लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण, तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका मुख्य एजेण्डा छन्।
हाल कामय ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ८६ प्रतिशत बोनस पश्चात बीमा समितिको निर्देशन अनुरुप एक अर्ब १२ लाख रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया