आईएमई जनरल इन्स्योरेन्सको साधारणसभा, ५ प्रतिशत बोनस प्रस्ताव


आइएमई जनरल इन्स्योरेन्सले ५ असार २९ गते साधारणसभा गर्ने भएको छ । लैनचौर बैङक्वेटस् काठमाडौंमा हुने सो साधारणसभामा संस्थापक सेयरधनीका तर्फवाट सञ्चाल चयन तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव रहेको छ ।

इन्स्योरेन्स सञ्चालक समितिको जेठ २८ गते बसेको ७८ औं बैठकले मर्जर एक्विजिशन, लाभांश प्रस्ताव, सञ्चालक नियुक्ति अनुमोदन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता मुख्य प्रस्ताव साधारणसभामा रहनेछन ।

साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी सम्पुर्ण अधिकार सञ्ंचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव गर्दैछ । बीमा समितिले मर्जर सम्बन्धी निर्देशिका जारी गर्दै मर्जरमा जाने बीमा कम्पनीहरुलाई विभिन्न छुट दिने व्यवस्था गरेको छ ।

यस्तै सााधारण सभाबाट हाल कायम चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँको ५ प्रतिशत बोनस समेत पारित गर्नेछ । बोनस वितरण पछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ पुग्नेछ । बोनसको लागि कर भने शेयरधनी आफँैले तिर्नुपर्नेछ ।

 

सञ्चालक समितिले संस्थापक शेयरधनी तर्फबाट नियुक्ती गरीएको एक जना संचालकको नियुक्ति अनुमोदन गर्ने तयारी समेत गरेको छ ।
साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले असार १५ गते देखि २९ गते सम्म बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार असार १२ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।