नेपालमा लगानी गर्न उद्योग वाणिज्य महासङ्घको अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह

0
Shares

सरकारले गरेको नीतिगत र कानूनी सुधारबाट नेपालमा लगानीको वातावरण बन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको छ ।

महासङ्घको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विहिबार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को १०८औँ सम्मेलनलाई जेनेभामा सम्बोधन गर्दै नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

उनले पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीलाई आग्रह गर्दै नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठूलो सम्भावना भएका क्षेत्र भएकोसमेत स्पष्ट पारे । नेपालको निजी क्षेत्रले संवाद र सहकार्यका माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सामाजिक संवादका माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण पेश गरे ।

सरकारले उद्घोष गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पको स्मरण गर्दै उनले दिगो व्यवसायका माध्यमबाट प्राप्त प्रतिफललाई सबै तह र तप्कामा पु¥याउन सकिएमात्रै उक्त लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।

कामको भविष्य, व्यवसायको भविष्यसँग गासिएको उल्लेख गर्दै उपाध्यक्ष ढकालले उक्त वस्तुगत तथ्यलाई ध्यानमा राखी गरिने प्रयास, व्यावसायिक नीतिनियममा गरिने सुधार पनि महत्वपूर्ण हुने उल्लेख गरे । आइएलओ सम्मेलन यही जेठ २७ देखि जारी छ । सम्मेलन आगामी असार ६ गतेसम्म चल्नेछ ।