कुमारी बैंक बन्यो पाँच सदस्यीय सञ्चालक समिति बनाउने पहिलो बैंक


https://notebazar.com/uploads/source/articles/Kumari-bank1.jpgकुमारी बैंकमा ५ सदस्यीय सञ्चालक समिति चयन भएको छ । अहिले अधिकांश बैंकहरुमा ७ सदस्यीय सञ्चालक समितिले काम गरिरहेको छ । यस्तो अवस्थामा कुमारी बैंकले पहिलो पटक सानो संख्याको सञ्चालक समिति चयन गरेको हो ।

जेठ ३१ गते सम्पन्न बैंकको विशेष साधारण सभाले संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई तथा तथा सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित गरेको हो ।

संस्थापक शेयरधनीको तर्फबाट अमिर प्रताप राणा र कृष्ण प्रसाद ज्ञवालि सञ्चालक बनेका छन् । सर्वसाधारण समूहको तर्फबाट महेश प्रसाद पोखरेल र अनुराधा चौधरीको प्रतिनिधित्व रहने भएको छ ।

निर्विरोध चयन भएका ४ जना र स्वतन्त्र सञ्चालक प्रा.डा.गणेश प्रसाद पाठक सहित बैंक सञ्चालक समितिमा ५ जनाको प्रतिनिधित्व रहने छ ।

नव निर्वाचित सञ्चालकहरुको बैठकले अमिर प्रताप राणालाई बैंक सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।